चलचित्र 'झमक बहादुर'को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । चलचित्र ‘झमक बहादुर’को ट्रेलर सार्वजनिक भएको छ । अनुपविक्रम शाही स्टार चलचित्र ‘झमक बहादुर’को सोमाबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको सिनेमाघरमा आउने मिति पनि तय गरिएको छ । अब यो चलचित्र साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने छ ।
प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, वितरक गोपाल कायस्थलगायतका अतिथिहरु रहेका थिए ।
अतिथिहरुले चलचित्रलाई बधाई दिनुका साथै नेपाली चलचित्रका बारेमा आ–आफ्नधा धारणा राखेका थिए ।
नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडी चलचित्र रहेको छ ‘झमक बहादुर’ । चलचित्रका निर्माता मिनकुमार तामाङ हुनु भने निर्देशन भोमन कटुवालको रहेको छ ।
चलचित्रको केही समय पहिला सार्वजनिक गीत ‘आमैले भन्थे धाराको पानी....’ दर्शक/स्रोतामाझ लोकप्रिय भइरहेको बेला चलचित्र निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका रहेका छन् भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।
कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।
चलचित्रका गीतमा ओम सुनुवारको सङ्गीत, ओम सुनुवार, कविता श्रेष्ठ र मेलिना राईको स्वर छ भने गीतकार तिर्थ दामली (टुप्पी)को शब्द रहेको छ । प्रोडक्सन म्यानेजर राजु दाई रहेको चलचित्रका ट्रेलर डिजाइनर दीर्घ खड्का हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले