बार्सिलोना छाडेर बर्नली पुगे ब्राजिलियन स्टार रोनाल्डिन्होका छोरा मेन्डेस

काठमाडौँ । आफ्नो समयका चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्होका छोरा जोआओ मेन्डेसले स्पेनिस क्लब बार्सिलोना छाडेका छन् । १९ वर्षीय विंगर मेन्डेस सन् २०२३ मा बार्सिलोनामा आबद्ध भएका थिए ।
स्पेनिस ‘पावर हाउस’ बार्सिलोना छाडेर उनी इङ्लिस क्लब बर्नली पुगेको समाचारमा जनाइएको छ । च्याम्पियनसिप क्लब बर्नलीसँग सम्झौता गर्न उनी यसै साता इङ्गल्यान्ड पुगेका थिए । उनले बर्नलीको जर्सीसहित तस्बिर पनि सार्वजनिक गरेका छन् ।
बार्सिलोनामा उनी यू–१९ टोलीका सदस्य थिए । बार्सिलोनामा आबद्ध हुनुअघि उनले ब्राजिलियन क्लब क्रुजिरोको युवा एकेडेमीमा चार वर्ष बिताएका थिए । उनले हालसम्म सिनियर टोलीबाट भने ब्यवसायिक फुटबल खेलेका छैनन् ।
मेन्डेसका पिता रोनाल्डिन्हो आफ्नो समयका चर्चित आक्रामक मिडफिल्डर थिए । उनले सन् २००३ देखि सन् २००८ सम्म बार्सिलोनाबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इटालियन क्लब एसी मिलानलगायतका क्लबबाट पनि खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
-
ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा