अफ्रिकामा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा
बिहीबार, ३१ साउन २०८१, ०८ : २५

काठमाडौँ । अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। सङ्गठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा समेत व्याख्या गरेको छ ।
मंकीपक्स एक सङ्क्रामक रोग हो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएको समाचारमा जनाइएको छ ।
अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा पनि तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले रोग द्रुत रूपमा फैलिरहेको र नयाँ भेरियन्टसँगै उच्च मृत्यु दरप्रति चिन्ता व्यक्त गरेका छन्।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य
-
रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा