आलोचकलाई रोनाल्डोको जवाफ

रियाद । निकै निराश युरो २०२४ पछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पुनः मैदानमा फर्किएका छन् । बुधबार साउदी सुपर कप अन्तरगतको खेलमा फर्कँदै उनले शानदार प्रदर्शन गरेका हुन् ।
अल तावुनलाई २–० गोलले हराउने क्रममा रोनाल्डोले अल–नासरका लागि एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेका हुन् । खेलको आठौँ मिनेटमा उनको पासमा आयमान याह्याले गोल गर्दै अल–नासरलाई अग्रता दिलाए ।
रोनाल्डोले सन् २०२४–२५ सिजनको पहिलो गोलका लागि धेरै पर्खनुपरेन । ५७ औँ मिनेटमा उनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
पाँच पटकको बालोन डी’ओर विजेताले दोस्रो गोल गर्ने अवसर पनि पाएका थिए । तर उनको प्रहार पोस्टमा लागेको थियो ।
यसअघि पहिलो हाफमा उनले साडियो मानेका लागि पनि गोलको अवसर सिर्जना गरेका थिए । तर, अल तावुनका गोलकिपरले सुन्दर बचाऊ गरे ।
अब प्रतियोगिताको फाइनलमा टोलीले अल हिलालको सामना गर्नेछ । खेल शनिबार हुनेछ ।
यो खेल जिते क्लबसँग रोनाल्डोको दोस्रो उपाधि हुनेछ । यसअघि उनले सन् २०२३ मा क्लबसँग अरब क्लब च्याम्पियनसिप कप हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा