एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि

वार्स । आफ्नो डेब्यू खेलमा किलियान एम्बाप्पेले गोल गर्दा रियल मड्रिडले सिजनको पहिलो उपाधिको रूपमा यूईएफए सुपरकप जितेको छ । बुधबार राति भएको खेलमा स्पेनिस महारथीले इटालियन क्लब एटलान्टामाथि २–० को सहज जित हासिल गरेको हो ।
२५ वर्षीय फ्रेन्च फरवार्डले पहिलो हाफमा भने कुनै उल्लेखनीय योगदान गर्न सकेनन् । एटलान्टाले निकै अनुशासित खेल प्रदर्शन गर्दा रियलले लय समात्न सकेन ।
तर, दोस्रो हाफको ५९ औँ मिनेटमा भिनिसियस जुनियरले फेडेरिको भालभर्डेका लागि गोलको अवसर सिर्जना गरे । ६८ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । जुड बेलिङहमको पासमा उनले गोल गरेका थिए ।
त्यसपछि कुनै गोल हुन सकेन र रियलले कीर्तिमानी छैटौँ पटक उपाधिमाथि कब्जा जमाउन सफल भयो । रियलपछि एसी मिलान र बार्सिलोनाले ५–५ पटक यो उपाधि जितेका छन् । यता, कार्लो एन्चेलोटीले रियलसँग जितेको यो १४ औँ उपाधि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?