तिब्बत नाका तर्फको क्षेत्रमा मोबाइल सेवा विस्तार

काठमाडौँ । नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फ मोबाइल सेवा विस्तार गरेको छ । टेलिकमले बुधवार एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।
गोरखाको उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।
टेलिकमले स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डाटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरिएको जनाएको छ ।
जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रुईला नाकाको अन्तिम गाउँ साम्दोृसम्म टुजी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै दु्रत गतिको फोर जी सेवा समेत सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी
-
राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड