भुटानी शरणार्थी प्रकरण
बेचन झाको बयान सकियो, बिहीबारबाट थुनछेक
बुधबार, ३० साउन २०८१, २२ : ११

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले अदालतमा बयान दिएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधवार उनले बयान दिएका हुन् ।
इजलासमा बेचनको बयान सकिएको छ । बिहीबारबाट थुनछेक बहस हुनेछ । सरकारी वकिल र बेचन पक्षका कानुन व्यवसायीले बहस सकेपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ ।
सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?