क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
बुधबार, ३० साउन २०८१, २१ : ५६

काठमाडौँ । क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भएर ललितपुर बस्ने महावीर प्रसाद जैसवाल छन् ।
५० वर्षीय जैसवाललाई ठमेलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
क्यानडाको सपना देखाएर ३ जनासँग उनले ५ लाख २० हजार ठगेका हुन् । रकम लिएपछि क्यानडा नपठाएर उनी पीडितसँग सम्पर्कविहीन भएका थिए । उनलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली थाइल्यान्डमा
-
रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति