सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बुधबार, ३० साउन २०८१, २१ : २७

सप्तरी । सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज नगरपालिका–५ मा एक मजदुर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले स्थानीय राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज–९ मलेठका ४० वर्षीया उर्मिला महतोको मृत्यु भएको जानकारी दिए ।
पर्खाल झर्दा निजको टाउको, हात र शरीरमा चोट लागेर घाइते भएकी महतोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा आजै एक पुरुष मृत फेला परेका छन् । निजको पहिचान खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
इस्टर युद्धविराम : युक्रेन र रुसले लगाए एक अर्कालाई आरोप
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता