आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सरकारको अनुभूति गराउने पहिलो अंग प्रहरी प्रशासन हो : मुख्यमन्त्री लामा

बुधबार, ३० साउन २०८१, २० : ०३
बुधबार, ३० साउन २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी प्रशासन भएको बताएका छन् । नागरिकलाई राज्यबाट प्रदान गरिने पहिलो सेवा प्रहरी सेवा नै भएको उनले बताए ।

बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नागरिकले आफूबाट समस्याको समाधान नभएपछि राज्यको सहयोगको अपेक्षा गर्ने बताए । प्रहरीको व्यवहारबाट समग्रमा राज्यतर्फ नागरिकको धारणा तय हुने उनको भनाई छ ।

‘मूलतः देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने काम भए पनि प्रहरीले त्यसबाहेक विपद्धबाट उद्धार, लागूपदार्थको कारोबारको रोकथाम, अपराध अनुसन्धान लगायतको काममा निरन्तर खटिँदै आएको छ,’ उनले भने, ‘प्रदेश सरकारको स्थापनासँगै प्रदेश प्रहरीलाई प्रभावकारी र व्यवस्थित बनाउन निरन्तर अभिभावकत्वको भूमिका निर्वाह गर्दै आएको छ । प्रहरीको भौतिक पूर्वाधार विकास एवं साधन स्रोत सम्पन्न बनाउनको लागि सरकारले विगतदेखि नै प्रदेश सरकारले भूमिका खेल्दै आएको छ । प्रहरी संगठनको पूर्वाधार विकासबाट सेवा थप सहज र प्रभावकारी हुनेछ,’ उनले भने ।

प्रदेश सरकारबाट हालसम्म ७१ वटा भौतिक संरचनामा बजेट विनियोजन गरी ६५ वटा निर्माण सम्पन्न गरेको र ६ वटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप