अदालत
विशेषले दियो भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिकाका मेयरलाई सफाइ
बुधबार, ३० साउन २०८१, १९ : ३७

काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयरसहित सबैलाई सफाइ दिने फैसला सुनाएको छ । विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा दाबी नपुग्ने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष जेठ २१ मा गोदावरीका मेयर गजेन्द्र महर्जनसमेतलाई प्रतिवादी बनाउँदै पाँचवटा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७५/७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो ।
सबै मुद्दामा गरी एक अर्ब रुपैयाँ बिगो निर्धारण गरी मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाले फैसला गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म