बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

रामराज्यको चौथो श्रृंखला : दुनियाँलाई चकित तुल्याउने क्युबाको स्वास्थ्य प्रणाली

बुधबार, ३० साउन २०८१

काठमाडौँ । रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को चौथो शृङ्खलामा बुधवार दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्तिको फेहरिस्त प्रस्तुत गरिएको छ ।

हरेक बुधबार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने क्रममा यो शृङ्खलामा क्युबाको स्वास्थ्य प्रणालीलाई समेटिएको हो ।

क्युबा यस्तो देश हो जहाँ सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध छ ।

यो देशले विश्वको ठुलो जनसङ्ख्यालाई आपत्–विपदमा दिल खोलेर सहयोग गर्ने गरेकाले पनि यस पटक क्युबाको स्वास्थ्य प्रणालीबारे सामाग्री समेटिएको हो ।

रातोपाटीले हरेक बुधबार विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरेको छ ।

पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह संसारभर प्रशंसित रहेकोबारे सामाग्री प्रसारण गरिएको थियो ।

यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ शृङ्खलामा १२ देशको कथा समेट्ने योजना रहेको रातोपाटीले जनाएको छ ।

विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि  रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किन थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया