बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

खेलाडीको सुरक्षाका लागि तीनवटा एफ–१६ लडाकु विमान पठाइयो

खेलाडीको सुरक्षाका लागि तीनवटा एफ–१६ लडाकु विमान पठायो
बुधबार, ३० साउन २०८१, १७ : २७
बुधबार, ३० साउन २०८१

काठमाडौँ । हालै फ्रान्सको राजधानी सहर पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चाइनिज ताइपेईले कुल सातवटा पदक जितेको थियो । चाइनिज ताइपेईले दुई स्वर्ण र पाँचवटा कांस्य पदक हात पारेको थियो ।

चाइनिज चाइपेईले दुई स्वर्णमध्ये एक ब्याडमिन्टनमा र एउटा महिला बक्सिङमा जितेको थियो । महिला बक्सिङको पदक लिन यु तिङले जितेकी थिइन् । पेरिस ओलम्पिकमा दुईजना महिला बक्सरको विषयलाई लिएर लैंगिक विवाद पनि चर्चिएको थियो ।

लैंगिक विवादमा परेका दुवै महिला बक्सरले स्वर्ण पदक जितेका थिए । त्यसमध्ये एक चाइनिज ताइपेईकी लिन यु तिङ पनि थिइन् । लैंगिक बिवादमा पर्ने अर्की महिला मुक्केबाज अल्जेरियाकी ईमान खलिफ थिइन् । उनले पनि आफ्नो स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।
ओलम्पिकमा पदक जित्ने आफ्ना खेलाडीलाई स्वदेश फर्काउन चाइनिज ताइपेईले स्कर्टिङका लागि तीनवटा एफ–१६ लडाकु विमान पठाएको छ । खेलाडी सवार बिमान आफ्नो आकाश क्षेत्रमा प्रवेश गरेपछि ती लडाकु बिमानले उनीहरुको विमानलाई स्कर्टिङ गर्दै विमानस्थलसम्म पुर्याउने छ ।

चाइनिज ताइपेईको रक्षा मन्त्रालयले ओलम्पिकमा स्वर्ण पदक जित्ने आफ्ना खेलाडीप्रति सम्मान ब्यक्त गर्न यस्तो ब्यवस्था गरिएको जनाएको छ । ‘हामी खेलाडीप्रति आभार ब्यक्त गर्न चाहन्छौँ । त्यसैले उनीहरुको सुरक्षाका लागि एफ–१६ लडाकु विमान पनि पठाएका हौँ,’ मन्त्रालयले भनेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप