आरक्षण विरोधी आन्दोलनका मृत्युका दोषीविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाँदै बंगलादेश

ढाका । सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध भएको आन्दोलनका क्रममा भएको मृत्युका लागि जिम्मेवार व्यक्तिविरुद्ध बंगलादेश अन्तर्राष्ट्रिय अदालत जाने भएको छ । जुलाईको मध्यममा आन्दोलन सुरु भएपछि ज्यान गुमाउनेहरूलाई न्याय दिलाउन बंगलादेशको अन्तरिम सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा दायर गर्ने भएको हो ।
अन्तरिम सरकारमा कानुन, न्याय र संसदीय मामिलाका सल्लाहकार आसिफ नजरुलले बुधवार भने, ‘आरक्षण सुधार आन्दोलनका क्रममा भएको नरसंहार र गोली काण्डको सुनुवाइका लागि केही मुद्दा दर्ता भइसकेको छ । तर विद्यार्थी, मानवअधिकार सङ्गठन र अन्य धेरैले यसलाई मानवता विरुद्धको अपराधका रूपमा छानबिन गरिनुपर्छ भनिरहेका छन् ।’
जुलाईमा भएको नरसंहारका लागि जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा कारबाही गर्न सकिन्छ भन्ने भएपछि यो कदम चालिएको पनि उनले बताए ।
‘अनुसन्धान टोलीले संयुक्त राष्ट्रसङ्घ अन्तर्गत काम गर्नेछ । हत्यामा संलग्न पूर्वप्रधानमन्त्री शेख हसिना लगायत कसैलाई पनि छुट दिइने छैन’ आसिफ नजरुलले भनेका छन् । बङ्गलादेशमा गत जुलाईमा शेख हसिना सरकारविरुद्धको आरक्षण विरोधी आन्दोलनमा सयौँ विद्यार्थी प्रदर्शनकारीको हत्या भएको थियो । मर्नेमा दर्जनौँ प्रहरीहरू पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म