मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

बुधबार, ३० साउन २०८१, १५ : ५१
बुधबार, ३० साउन २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिएका हुन् । 

आचार्य साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको ३० भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । 

एमाले र काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र काँग्रेसका चार जना मन्त्री छन् ।

453169270_1191616215408041_1428867653992746711_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप