केही दिनमै नयाँ बजेट ल्याउँछौ : मुख्यमन्त्री शाह
बुधबार, ३० साउन २०८१, १५ : २८

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले केही दिनमै प्रदेशको नयाँ बजेट ल्याउने बताएका छन् ।
प्रदेश सभाको बुधबार बसेको बैठकमा विश्वासको मत लिँदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।
उनले आर्थिक ऐनमार्फत वियोजन ऐन चाँडै ल्याएर आर्थिक अवस्था चलायमान गर्ने बताएका हुन् । साथै प्रदेशको हितमा रहेका पुराना कार्यक्रमलाई निरन्तरता दिँदै विनियोजन ऐन ल्याउने बताएका छन् ।
यसैबिच शाहले सुशासन कायम राख्ने बताउँदै आफू पनि भ्रष्टाचार नगर्ने र कहीँ कतै कसैलाई गरेको पाए तत्काल कारबाही गर्ने पनि बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व
-
अमेरिकी सेयर बजारमा गएको पहिरोबारे के भन्छन् ट्रम्प ?
-
जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?