संसद्
संसद् भवन भित्र मुखमा टेप लगाएर विरोध गर्ने युवक नियन्त्रणमा
बुधबार, ३० साउन २०८१, १४ : ५८

काठमाडौँ । संघीय संसदमा मुखमा टेप लगाएर विरोध गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रतिनिधि सभा बैठक चलिरहँदा अछाम घर भएका दीपक देवकोटाले मुखमा टेप लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । देवकोटा संसद् भवन कम्पाउण्डमा कसरी प्रवेश गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल