गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि सबैसँग मिल्न तयार छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लडेर ल्याएको गणतन्त्र र लोकतन्त्रको रक्षा तथा जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा पेस भएको टीआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्दै उनले अहिलेको चुनौतीको सामना गर्न एकता बाहेक अन्य हतियार नभएको स्पष्ट पारे ।
‘अहिलेको चुनौतीको सामना गर्न हामीसँग एकताबाहेक अर्को हतियार मैले देखेको छैन । यो चुनौतीको सामना गर्नैपर्नेछ । आज शान्ति सम्झौतामा हस्ताक्षरकर्ता गिरिजाप्रसाद हुनुहुन्न’, उनले भने, ‘तर अर्को जीवित हस्ताक्षरकर्ता भएको नाताले शान्ति सम्झौतालाई मर्न नदिन अन्तिम समयसम्म लाग्नेछु ।’
उनले बंगलादेश लगायत दक्षिण एसियाली मुलुकमा भएका राजनीतिक विद्रोहतर्फ गम्भीर हुँदै एक अर्काप्रति निषेध नभई एकआपसमा हातेमालो गरेर जानुपर्ने आवश्यकता झन् बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा