जेलमा रहेका पतिलाई यस्तो लत थियो– पत्नी पनि पुगिन् जेलभित्रै
काठमाडौँ । जेलमा रहेका पतिको एउटा लतका कारण पत्नी पनि जेल जानु परेको घटना प्रकाशमा आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको बिजनौरस्थित जेलमा रहेका गुलशेर नाम गरेका पुरुषले आफ्नै पत्नीलाई पनि जेलमै पुर्याएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमरोहाको हसनपुर निवासी गुलशेरलाई लागुपदार्थ ‘चरेश’को लत थियो । जेलमा रहेका उनले पत्नी अलमिनासँग बारम्बार चरेश माग गरेका थिए ।
पतिले धेरै कर गरेका कारण अलमिना जोखिम मोलेर चरेश लिँदै पतिलाई भेट्न जेलमा पुगिन् । सुरक्षाकर्मीले खानतलासी गरेरमात्र कैदीबन्दीसँग भेट गर्न अनुमति दिने भएका कारण अलमिनाले आफ्नो गुप्ताङ्गमा चरेश लुकाएर लगेकी थिइन् ।
तर, शङ्का लागेपछि जेलका सुरक्षाकर्मीले उनको गहन चेकजाँच गरे । यस क्रममा उनले गुप्ताङ्गमा लुकाएर ल्याएको ८ ग्राम चरेश फेला पर्यो ।
त्यसपछि उनलाई हिरासतमा लिएर स्थानीय प्रहरीलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिम्मा लगाइयो । प्रहरीले उनीविरुद्ध मुद्दा दायर गर्दै जेलमा पठाइदियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग