आइएमई र जीएमईबिच बुधवारदेखि संयुक्त कारोबार सुरु
काठमाडौँ । दुई ठुला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबिच बुधबारदेखि संयुक्त कारोबार सुरु भएको छ । नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्ससँग मर्ज गर्दै बुधबारदेखि संयुक्त कारोबार सुरु भएको हो ।
बुधबार दुई ठुला रेमिट्यान्स कम्पनीको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे । आइएमई र जीएमई रेमिट मर्ज भएपश्चात अब आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेका छन् । एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको बताए । उनले आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी बिस्तार गरेको बताए ।
उनले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा बिस्तार गरिरहेको बताए । उनले आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय रहेको समेत बताए । उनले आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको दाबी समेत गरे । अध्यक्ष ढकालले रेमिट्यान्स क्षेत्रमा यो नेपालकै पहिलो मर्जर भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताए । उनले रेमिट्यान्सको भुक्तानीमा कुनैपनि समस्या आउन नदिनको लागि राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गरिरहेको बताए । उनले दुई ठुला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबिच बुधबारदेखि संयुक्त कारोबार सुरु भएर बलियो रेमिट्यान्स कम्पनी बनेको बताए । रेमिट्यान्स कारोबार गर्दा बलियो सुरक्षा अपनाएर गर्नु मिश्रले आग्रह गरे । उनले नेपालबाट हुने हुण्डी कारोबारलाई घटाउनु पर्ने बताए । उनले दुई ठुला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबीचको मर्जर ऐतिहासिक भएको बताए ।
आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेकोमा अहिले २०० मिलियन डलरभन्दा बढी पुगेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रश्ताव पारित गरेका थिए । राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आइएई पहिलो बनेको छ । मर्जरपछि कारोबार रकमका आधारमा आईएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ