इसेवा मनी ट्रान्सफरद्वारा 'रेमिट पर्व' सार्वजनिक
बुधबार, ३० साउन २०८१, १४ : ३१

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा “रेमिट पर्व” सुरु गरेको छ।
“रेमिट पर्व” योजना श्रावण ३० देखि एक महिनासम्म सञ्चालन हुनेछ, जस अन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई रु २५,००० प्रदान गरिने कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रति कारोबार न्यूनतम रु १०,००० बराबरको रेमिट पठाउनु पर्ने नियम बनाइएको छ ।
ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने “रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले ‘रेमिट पर्व’ सुरु गरेका छौं, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
अन्तरिक्षमा पुगेर फर्कियो केटी पेरीसहित छ जना महिलाको समूह
-
सुनसरीको देवानगञ्ज गोली काण्डमा ५ जना संलग्न, दुई पक्राउ, तीन जना अझै फरार
-
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?