रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने
बुधबार, ३० साउन २०८१, १५ : ००
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८१ असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने भएको छ ।
बुधवार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी) मा छलफल हुनेछ ।