खुसी हुँदै प्रधानमन्त्री ओलीले भने– सहमतिका साथ आयोगहरू निर्माण हुनेछन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेर कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले केही खुसी र केही स्पष्ट पार्न आफूले संसदमा आज समय मागेको बताए ।
उनले देशमा रहेको द्वन्द्व नेपालको मौलिकता अनुसार नै दलहरूले प्रयास गरेको र सोही अनुसार अघि बढेको भन्दै शान्ति प्रक्रियाको एक अंश टीआरसी विधेयक पनि सहमतिमै अघि बढेको बताए । ‘हामी द्वन्द्वलाई शान्ति प्रक्रियामा बदल्न आफ्नै हिसाबले अगाडि बढायौँ । यो मौलिक छ । त्यही कारण सकारात्मक ढङ्गले समाधान हुँदै आएको छ’, ओलीले भने, ‘दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया टुंग्याउँदैछौँ ।’ द्वन्द्वको नीति बोकेका अनेक समूहलाई शान्ति र लोकतन्त्रको राष्ट्रिय मूलधारमा ल्याइसकेको भन्दै उनले अहिले टीआरसीलाई टुंग्याउने प्रयास गरिएको बताए ।
पीडित मैत्री र सहमतिका साथ टीआरसी विधेयकको दस्ताबेज अघि बढाएको र यो विधेयक आजै प्रतिनिधिसभाले पास गर्ने र केही दिनभित्र राष्ट्रिय सभाले पनि पास गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । ‘यो शान्तिका पक्षधरका लागि खुसीको विषय हो’, उनले भने, ‘ऐन बनिसकेपछि यस अन्तर्गत आयोगहरू निर्माण गर्नेछौ र आयोगलाई काम गर्न अनुकूल वातावरण बन्नेछ ।’
लामो समयदेखि अल्झिएको टीआरसी विधेयकमा दलहरूबिच सहमति जुटेपछि मङ्गलवार संसदमा टेबल भएको थियो । आजै उक्त विधेयक पारित गर्ने तयारी छ । दुवै सदनबाट पारित भएपछि ऐन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न