ओलीले संसदमा भने– टीआरसीको सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीको विषयमा नेपालले दृष्टान्तयोग्य सफलता प्राप्त गर्न लागेको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन लागिएको बताए ।
‘हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश हामी दिन सफल हुनेछौँ’, उनले भने, ‘यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको हुँ ।’ उनले २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा आफूलाई यतिचाँडो टीआरसीको विषयमा टुंगोमा पुग्लाजस्तो नलागेको बताएको स्मरण गरे । तर त्यतिबेला पनि आफूले महासभामा ‘आफ्नो ठाउँमा आफ्नै उपजको रुपमा शान्ति प्रक्रियालाई अघि बढाएको र टुंगोमा पुर्याउँछौँ’ भनेको स्मरण गरे ।
उनले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गरे । ‘विधेयक यहाँ छलफल भएपछि पारित हुन्छ । हामी यस सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ’, उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न