लागु औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
बुधबार, ३० साउन २०८१, १३ : ०३
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
- काठमाडौँ, अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्राम, नगद ३९ हजार ६ सय रुपैयाँ, डिजिटल तराजु १ थान र मोबाइल ३ थान सहित २ जनालाई काठमाडौँबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१३ कालीमाटी बस्ने उदयपुर त्रियुगा नगरपालिका-११ घर भएका ४७ वर्षीय मनिराज राई र काठमाडौँ महानगरपालिका-१२ टेकु बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका-१० घर भएका ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- यसैगरी काठमाडौँ, टोखा नगरपालिका-९ शिवमन्दिरस्थित सडकबाट अवैध लागु औषध गाँजा १ किलो १ सय ३० ग्राम सहित नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
- धनुषा, जनकपुर उपमहानगरपालिका-१ स्थित रेल्वे स्टेशनको मुलगेट नजिकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम सहित पैदलयात्री सिराहा सिरहा नगरपालिका-१३ गमहरिया बस्ने ३३ वर्षीय अभासकर यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र लागू औषध नियन्त्रण ब्यूरो गोलबजार सिराहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- चितवन, राप्ती नगरपालिका-१० किरानाटारबाट अवैध लागु औषध गाँजा ४ किलो ५७ ग्राम र नगद ८ हजार रुपैयाँ सहित कालिका नगरपालिका-११ बस्ने २२ वर्षीय मनोज चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
- पर्सा, वीररगन्ज महानगरपालिका-१६ ईनर्वा शंकराचार्य गेट र मितेरी पुलको बिच सडकबाट अवैध लागु औषध गाँजा करिब ५ किलोग्राम सहित भारत घर भएका २८ वर्षीय करण कुमार सोनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले वीरगन्जबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
- कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम, नियन्त्रित लागु औषध नाईट्राभेट ५ ट्याब्लेट र स्पास ९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
- उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागु औषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय प्रबिन राई र सोही नगरपालिका-७ बस्ने २१ वर्षीय रोशन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भगलपुरबाट खटिएको प्रहरीले प्रदेश नम्बर २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
- सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित सडकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका ३० वर्षीया राजमिका राई समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी