म्याग्दीमा भिरबाट खस्यो बोलेरो, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको थियो ।
बोलेरोसँगै खसेका पुनको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए । टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशव पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडि गुडेपछि दुर्घटना भएको थियो ।
सामान राख्दै गरेका दुवै जना र बोलेरोभिर सवार स्थानीय वीरबहादुर गर्बुजाले हाम फालेर बाहिर निस्किन सफल भएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको र गाउँमै उपचार गरिएको छ । सडकमा बोलेरो रोकेर टायरमा ढुङ्गाको ओट लगाएको भए पनि एक्कासि पछाडि बगेपछि दुर्घटना भएको चालक पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?