केजरीवालले सर्वोच्च अदालतबाट पाएनन् अन्तरिम जमानत
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अब यस मामिलामा अगस्ट २३ मा अर्को सुनुवाइ हुने भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले यस मामिलामा सीबीआईलाई नोटिस पनि जारी गरेको छ । ‘हामी अन्तरिम जमानत दिइरहेका छैनौँ । हामी नोटिस जारी गर्नेछौँ ।’ न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले केजरीवालको तर्फबाट उपस्थित वरिष्ठ वकिल अभिषेक मनु सिंघवीलाई भने ।
केजरीवालको जेल सजायलाई कायम राख्ने दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिने याचिकाको सन्दर्भमा यो सूचना जारी गरिएको हो । सीबीआईले अगस्ट २३ सम्ममा सर्वोच्च अदालतमा जवाफ पेस गर्नुपर्नेछ । अरविन्द केजरीवाललाई दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालासँग सम्बन्धित मुद्दामा मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । जेलमा रहँदा भ्रष्टाचारको मुद्दामा उनलाई सीबीआईले पनि पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट