जापानका प्रधानमन्त्रीले पार्टी निर्वाचन नलड्ने

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ ।
‘पार्टीलाई नयाँ सुरुवात चाहिएको छ,’ किशिदाले आफ्नो निर्णयबारे बताएका छन् । सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरेपछि ६७ वर्षीय किशिदाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।
हालैका वर्षहरूमा जापानमा किशिदाको जनसमर्थन घट्दै गएको छ । एलडीपीभित्र एकपछि अर्को गर्दै भ्रष्टाचार र घोटालाका कारण किशिदालाई समर्थन गर्नेको संख्या घट्दो छ ।
यसबाहेक पनि सरकारले बढ्दो महँगी, जापानी येनको तीव्र अवमूल्यन जस्ता समस्या पनि भोगिरहेको छ । पार्टीभित्र किशिदाको नेतृत्वमा एलडीपीले आमनिर्वाचन जित्ला कि नजित्ला भन्ने शंका पनि चुलिएको बेलामा किशिदाले यो निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत