०८४ सम्म पाँच लाख क्रियाशील सदस्य बनाउने जसपा नेपालको लक्ष्य
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सुदृढीकरणका लागि चार महिने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि पार्टीले कार्यकारिणी सदस्यबाहेक सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिएको छ ।
अभियानबाट २०८४ सालसम्म पाँच लाख क्रियाशील सदस्य बनाउने लक्ष्य पार्टीले लिएको छ । अहिले जसपा नेपालका एक लाख ४५ हजार क्रियाशील सदस्य छन् । एक जना केन्द्रीय सदस्यलाई कम्तीमा एउटा र बढीमा तीन वटासम्म पालिकाको जिम्मेवारी दिइएको हो ।
हिमाल तथा पहाडी जिल्लाका केही केन्द्रीय सदस्यलाई सम्पूर्ण जिल्लाको पनि जिम्मेवारी दिएको छ । जसपा नेपालको २ सय १५ सदस्यीय केन्द्रीय समितिमा नौ जना कार्यकारिणी सदस्य छन् ।
चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा यो चार महिने अभियान सञ्चालन हुने प्रस्ताव गरिएको छ । सो प्रस्तावमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ ।
आज सो प्रस्तावमाथि छलफल गरेर टुङ्गो लगाउने कार्यकारिणी सदस्य मनिष सुमनले रातोपाटीलाई बताए । यो अभियान भदौ १ गतेदेखि सञ्चालन हुनेछ । भदौ १ गतदेखि नै अभियान सञ्चालन हुने भए पनि सो अभियानलाई भदौ ८ काठमाडौँमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेता सुमनले बताए ।
अभियानको क्रममा संगठन गठन तथा पुनर्गठन गर्नुका साथै नयाँ सदस्य बनाउने काम हुने उनले बताए । जनतालाई जसपा नेपालप्रति आकर्षित गराउने, जनतासँग घुलमिल हुने जस्ता कार्य चार महिनाको अवधिमा हुने उनको भनाई छ ।
हरेक केन्द्रीय सदस्य यो अभियानमा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ । अभियानमा खटिएका प्रत्येक केन्द्रीय सदस्यलाई पार्टीले एउटा डायरी उपलब्ध गराउने छ जसमा उनीहरूले अभियानका क्रममा गरेको गतिविधि उल्लेख गर्नुपर्नेछ । अभियान सकिएपछि सो डायरी पार्टीलाई बुझाउनुपर्ने हुन्छ ।
सो डायरीको आधारमा नै अभियानको मूल्याङ्कन तथा समीक्षा हुने बताउँदै नेता सुमनले समीक्षाका आधारमा पुनः अर्को कार्यक्रम तय हुने जानकारी दिए । ललितपुरमा केन्द्रीय समितिको बैठक जारी रहेको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
अध्यक्ष यादवले संविधान संशोधन, शिक्षा, स्वास्थ्य, कृषिलगायत विभिन्न बुँदाहरू प्रस्ताव गरेका छन् । सोही बुँदाको आधारमा पार्टीले चार महिने अभियान चलाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह