बेचन झाको बयान– ‘सचिव टेकनारायण पाण्डेसँग चिनजान र सम्पर्क छैन’

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा पक्राउ परेका बेचन झाबारे अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएका हुन् ।
असार १४ मा पक्राउ परेका बेचनले भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले भनेका छन्, ‘भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन ।’
उनले मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीको फाइलबारे ‘निर्णय गराउँछु’ भनेर २ करोडको चेक लिएको अन्य प्रतिवादीहरूको दाबी छ । तर, बेचनले आफू कुनै दलमा आबद्ध नरहेको जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्, ‘म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन ।’
उनले लिएको भनिएको २ करोडको चेकबारे अनभिज्ञता प्रकट गरेका छन् । बयानमा उनले भनेका छन्, ‘चेकको सम्बन्धमा मलाई केही जानकारी छैन ।’
यस्तो छ उनको बयान
भुटानी शरणार्थी सम्बन्धमा मलाई जानकारी छैन । म कुनै राजनैतिक पार्टीमा आबद्ध व्यक्ति होइन । टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत नभएकोले निजले कहाँ के कस्तो बयान दिएका हुने उनै जानुन् । चेकको सम्बन्धमा मलाई केही जानकारी छैन ।
अडियोहरुमा भएको संवाद मेरो होइन । भिडियोमा देखिएका व्यक्तिहरू को हुन मलाई थाहा भएन । म मेरो आवाज परीक्षण गर्न म मन्जुर छु । श्याम कुमार श्रेष्ठलाई चिन्दिन । निजले के बयान दिए मलाई सरोकार छैन । हरिभक्त महर्जनलाई म चिन्दिन मैले निजबाट कुनै पनि रकम लिएको छैन । उनले के बयान दिएका छन्, उनै जानुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?