नाट्टा गण्डकीको अध्यक्षमा दाहाल निर्विरोध, पदाधिकारीमा चुनाव
पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभस एजेन्टस् नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको अधिवेसनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको महासचिवमा महासचिवमा चेतबहादुर कार्की, सचिवमा नवराज भण्डारी, सह–कोषाध्यक्षमा सन्दीप श्रेष्ठ निर्विरोध चयन भए ।
अन्य पदमा भने निर्वाचन भएको छ । प्रथम उपाध्यक्षमा संगिता पौडेलले प्रतिस्पर्धी कमला गिरीलाई पराजित गरेकी छिन् । सङ्गीताले ८२ मत प्राप्त गर्दा कमलाले ४२ मत मात्रै पाइन् । द्धितिय उपाध्यक्षमा राजेश पहारी ६५ मत सहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विश्वराज आचार्यले ६२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा सुवास पहारी ८६ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी शुशिला सिग्देलले ४० मत प्राप्त गरिन् । सदस्यहरुमा प्रतीक लामिछाने (१०२ मत), छवि रमण पौडेल (९९ मत), पदमराज आचार्य (८५ मत), विजय पौडेल (८१ मत) र तुलबहादुर गुरुङ (७१ मत) विजयी भए । समितिको ५ सदस्य पदका लागि ७ जना चुनावी मैदानमा थिए । युवराज हमाल ५८ र सोमनाथ अधिकारी ५८ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु