बेलायत पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
बुधबार, ३० साउन २०८१, १० : २३

काठमाडौँ । वैदेशिक रोजगारीमा बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल घर भएर काठमाडौँ बस्ने ३३ वर्षीय रवि क्षेत्री छन् ।
आरोपीले आकर्षक तलब आउने जागिरमा बेलायत लैजाने भन्दै पीडितसँग ५ लाख २० हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
उनलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय आइतबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास