च्याम्पियन्स लिगको छनोट चरणबाटै बाहिरियो रेन्जर्स
बुधबार, ३० साउन २०८१, १० : २०
![च्याम्पियन्स लिगको छनोट चरणबाटै बाहिरियो रेन्जर्स](https://npcdn.ratopati.com/media/news/dk_kLzAvRMFEi.png)
काठमाडौँ । स्कटिस क्लब रेन्जर्स च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ । तेस्रो चरणको छनोट प्रतियोगितामा रेन्जर्सलाई युक्रेनी क्लब डायनामो कीएभले हरायो । जितसँगै डायनामो कीएभ भने प्रतियोगिताको प्ले–अफ चरणमा प्रवेश गरेको छ ।
तेस्रो चरणको छनोट प्रतियोगिताको मंगलबार राति सम्पन्न दोस्रो लेग खेलमा डायनामो किभले रेन्जर्सलाई २–० गोलले हरायो । उक्त नतिजापछि युक्रेनी क्लब ३–१ कूल गोल भिन्नताका आधारमा अगाडि बढ्यो । यसअघि पहिलो लेग खेल १–१ को बराबरीमा सकिएको थियो ।
दोस्रो लेग खेलमा डायनामो कीएभले तीन मिनेटको बिचमा लगातार दुई गोल गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८२औँ मिनेटमा अलेक्जेन्डर पिखाल्योन्कोले पहिलो गोल गरेका थिए । ८४औँ मिनेटमा परिवर्तित खेलाडी नजार भोलोस्यानले अर्को गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता