पोर्चुगलको लिस्वनमा राहदानी घुम्ती सेवा सम्पन्न

काठमाडौँ । राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि अगस्ट १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको छ । घुम्ती सेवाबाट ३८२९ जना नेपालीहरूले आफ्नो राहदानी नवीकरणको सेवा लिएको राजदूतावासले जानकारी दिएको हो ।
यसमा १२१ जना नाबालक, ३३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४,९१,५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको छ ।
घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी थिए । घुम्ती सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए।
शिविरमा आएर आवेदन दिएका तथा हालसम्म विभिन्न शिविर तथा प्रत्यक्ष रूपमा पेरिसमै आई आवेदन गरी तयार भएका तर बुझिलिन बाँकी रहेका राहदानीहरू वितरण गर्ने तथा नवीकरणको लागि छुट भएका नेपालीहरूको राहदानी नवीकरण गर्न छिटै नै अर्को शिविर सञ्चालन गरिने पनि दूतावासले जानकारी दिएको छ । पोर्चुगलमा हाल ५० हजार भन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते