स्युचाटारमा चोरी गरेको आरोपमा एक युवक पक्राउ
बुधबार, ३० साउन २०८१, १० : ०७
-_wM2TZCz8CF.jpg)
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–९ स्थित स्युचाटारमा चोरी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका वडा नम्बर–३ घर भएर ढल्कु बस्ने २७ वर्षीय मान बहादुर परियार छन् ।
आरोपीले असार २६ मा स्युचाटार स्थित सम्झना मगरको डेरामा चोरी गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । सुन तथा चाँदीका गहना र नगद चोरेको आरोपमा प्रहरी वृत्त कालीमाटीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
उनको साथबाट ३ थान मोबाइल र १२ हजार नगद बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता