संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै
बुधबार, ३० साउन २०८१, ०९ : १९

काठमाडौँ । सहकारी बचतकर्ताको बचत रकम अपचलनसम्बन्धीमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै छ ।
कास्कीको पोखरास्थित जेलमा रहेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक विश्वेश्वर अर्यालसँगको बयान लिइरहेको हो । यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ ।
समितिले जेलमा रहेका पाँच जनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ ।
समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ ।
अब याे प्रकरणमा जोडिएका थप ३० जनासँग बयान लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?