लामो समय टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालमा

काठमाडौँ । नेपाली बजारमा अनरले ‘एक्स’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन उपलब्ध गराएको छ। अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले बजारमा ‘अनर एक्स६बी’ उपलब्ध गराएको हो।
फोनमा लामो समयसम्म टिक्ने ब्याट्री, बढी स्टोरेज, स्तरीय क्यामेरा जस्ता फिचर रहेको कम्पनीले जनाएको छ। एकल चार्जमा दुई दिनसम्मको दैनिक प्रयोगको सुविधा दिँदै स्मार्टफोनको मूल भागमा पावर(कुशल मिडियाटेक हेलियो जी८५ लाई पावर गर्न ठूलो ५२०० एमएएच ब्याट्री राखिएको छ।
यो फोन ३५ वाट अनर सुपरचार्ज प्रविधिसँग सुसज्जित छ। प्रयोगकर्ताहरूले एकै ट्यापमा टर्बो चार्जिङ मोड सक्रिय गर्न सक्नेछन्।
एक हजार चार्ज साइकलपछि पनि ब्याट्रीले चार वर्षको भरपर्दो सेवाको बराबर आफ्नो क्षमताको ८० प्रतिशत कायम राख्ने कम्पनीको दाबी छ। अनर एक्स सिक्स बीमा १२८ जिबीको उच्च स्टोरेज रहेको छ, जसमा अनर र्याम टर्बो टेक्नोलोजी छ।
यसले फ्ल्यास मेमोरीको एक भाग प्रयोग गरेर उपलब्ध र्यामलाई ६ जिबीदेखि १२ जिबीसम्म प्रभावकारी रूपमा दोब्बर बनाउँछ। अनर एक्स सिक्स बी स्टेरी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रिन तीन रंगमा उपलब्ध छ। यो फोनको मूल्य (६+२८)भेरियन्टका लागि १६,९९९ रुपैयाँ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड