बद्री केसी नेतृत्वको एनआरएनएले सुरु गर्यो नियमित काम

काठमाडौँ । डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नियमित काम सुरु गरेको छ । सर्वोच्च अदालतले एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिएसँगे काम सुरु गरेको हो ।
एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते गरेको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले केसीले अध्यक्षको रूपमा काम कारबाही गर्न पाउने ठहर गरेको थियो ।
‘गैरआवासीय नेपाली संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मंगलबारदेखि नियमित काम सुरु गरेको छ,’ एनआरएनएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१–०४–२२ मा रिट नं. ०८०–wo–११५७ मा भएको आदेशअनुसार गत अक्टोबर १७–२०–२०२३ मा काठमाडौँमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ११ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नियमित काम सुरु गरेको हो ।’
यसअघि चैत्र २८ गते परराष्ट्र मन्त्रालयले उक्त महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई संघको नियमित कामकाज नगर्न गरेको पत्राचार अनुसार काम रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर