चलचित्र विकास बोर्डकाे अध्यक्षका लागि करिस्माले पनि दिइन् निवेदन

काठमाडौँ । चलचित्र विकास बोर्डको रित्त अध्यक्ष पदका लागि अभिनेत्री करिस्मा मानन्धरले पनि निवेदन दिएकी छिन् । अभिनेत्री मानन्धरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर आफ्नो निवेदन दर्ता गराएकी हुन् ।
मानन्धरले निवेदन दिएसँगै बोर्ड अध्यक्षका लागि अहिलेसम्म तीन जनाको आवेदन परेको छ । यसअघि अध्यक्षका लागि निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र राष्ट्रिय नाचघरमा पूर्वमहाप्रवन्धक राजेश थापाले निवेदन दर्ता गराएका थिए । निवेदन दिने तीनै जना नेकपा एमाले निकट कलाकर्मी हुन् ।
गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि गत साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । आवेदन दिने मिति बुधबारसम्म रहेको छ ।
आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा