महान्यायाधिवक्ता कार्यालयमा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता कार्यालयको अनुगमन भ्रमण गरेका छन् ।
महान्यायाधिवक्ता रमेश बडालको नियुक्तिपछि प्रधानमन्त्री ओली पहिलो पटक सरकारी वकिलको मुख्यालय (महान्यायाधिवक्ता कार्यालय) को भ्रमणमा पुगेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो । सरकार परिवर्तनसँगै महान्यायाधिवक्ता पनि परिवर्तन हुने अभ्यास रहेको छ ।
सरकारवादी भएका मुद्दाहरू महान्यायाधिवक्ता कार्यालय मातहत रहेका सरकारी वकिलहरूले प्रतिरक्षा गर्दछन् । जिल्ला तहमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारवादी मुद्दाको प्रतिरक्षा गर्दछ भने उच्च अदालत तहमा उच्च सरकारी वकिल कार्यालय रहेका हुन्छ ।
त्यस्तै विशेष अदालतका लागि अलग्गै विशेष सरकारी वकिलको कार्यालय रहेको छ । सर्वोच्चको हकमा महान्यायाधिवक्ता कार्यालयले नै प्रतिरक्षा गर्दछ । त्यस बाहेक महान्यायाधिवक्ता सरकारलाई कानुनी सल्लाह दिनुका साथै सरकारी निकायहरूलाई पनि कानुनी राय उपलब्ध गराउँछ । त्यस्तै प्रदेशमा कुनै विवाद भएमा मुख्य न्यायाधिवक्ताले राय दिने कानुनी व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग
-
चेन्नईको कप्तानीको जिम्मा धोनीको काँधमा