हवाई दुर्घटनाबारे संसद्मा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बारम्बार नेपालमा भइरहेका हवाई दुर्घटनाबारे संसद्मा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छन् ।
सांसद गौतमले मंगलबार संसद् सचिवालयमा दर्ता गराएको प्रस्तावको १५ सांसदले समर्थन गरेका छन् ।
‘नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपायहरूबारे छलफल गर्न, हवाई दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र हवाई सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको अवस्थालाई परिवर्तन गरी यी निकायका सम्बन्धित अधिकारहरूलाई जिम्मेवार बनाउन’, छलफल गर्न खोजिएको प्रस्तावका विषयमा भनिएको छ ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई संसद्बाट निर्देशन दिनका लागि माग गर्दै दर्ता गराएको प्रस्तावमा नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन नहुने अवस्थाको अन्त्य गराउनुपर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने