क्यारेबियन लिग खेल्न रोहित र दीपेन्द्रलाई भिसाको समस्या

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी–१० क्रिकेट लिग गुमाउने भएका छन् ।
भिसासम्बन्धि समस्याका कारण दुवै नेपाली खेलाडी क्यारेबियन लिगमा अनुपस्थित रहने भएका हुन् । क्यारेबियन लिगमा रोहित मियामी लायन्समा र दीपेन्द्र ग्रान्ड क्यामन जागुअर्समा आबद्ध थिए । रोहित र दीपेन्द्र हाल क्यानडामा छन् । उनीहरु फ्रेन्चाइज प्रतियोगिता ग्लोबल टी–२० क्यानडा खेल्न त्यहाँ पुगेका हुन् ।
ग्लोबल टी–२० क्यानडाको उपाधि रोहित सम्मिलित टोली टोरन्टो नेसनल्सले जितेको थियो । गत महिना भएको ड्राफ्टबाट रोहित र दीपेन्द्र क्यारेबियन लिगमा अनुबन्धित भएका थिए । अर्को महिना क्यानडामै आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खला आयोजना हुँदैछ ।
लिग–२ शृङ्खलामा नेपाल पनि सहभागी हुनेछ । त्यसको तयारीका लागि नेपाली टोली हाल भारत भ्रमणमा रहेको छ । कप्तान रोहित, दीपेन्द्र र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने पनि भारत भ्रमणमा रहेको टोलीमा छैनन् ।
सन्दीप लामिछाने पनि टी–२० क्यानडा लिगमा सहभागी थिए । क्यारेबियन टी–१० ले अगस्त १८ देखि २५ तारिखसम्म क्यामन आइल्यान्डमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल
-
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
-
कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला