फिल्म ‘जन्ते बाख्रो’मा भित्रिए आशिफ

काठमाडौँ । सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा शाह भित्र्याएको हो ।
यसअघि अभिनेता सौगात मल्ललाई भित्राइएको फिल्ममा अभिनेत्री छनौटको क्रममा छ । निर्देशक सिमोस हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै फिल्मको छायाङ्कन तिहारपछि सुरु हुने बताइएको छ । छायाङ्कन ढिलो हुने भएकोले पनि कलाकार छनौटमा ढिलाइ भएको हो ।
सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ ।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहने बताइन्छ ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सुनुवार र सन्तोष गौतमको लगानी रहनेछ । फिल्मको छायाङ्कन हरि हुँमागाईले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय