बंगलादेश प्रदर्शन
बंगलादेशमा शेख हसिनाविरुद्ध मुद्दा दर्ता
मङ्गलबार, २९ साउन २०८१, १६ : २९

ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको हो ।
मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो । बंगलादेशमा हिंसा र सरकार ढलेपछि हसिनाविरुद्ध दायर भएको यो पहिलो मुद्दा हो । बंगलादेशी मिडियाका अनुसार जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले मुद्दा दायर गरेका हुन् ।
हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्वगृहमन्त्री असदुज्जमां खान कमाल र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि मुछिएको छ । यी बाहेक केही उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो, तस्बिरहरू
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
-
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
-
३२०० एनआरएनले एकता महाधिवेशनमा भाग लिने, काठमाडौँमा चहलपहल सुरु
-
‘कसैलाई पीडा नहोस् भनेर मेरी आमाले रोग लुकाएर पाल्नुभयो’
-
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा