सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न दाउन्नेवासीको माग
![सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न दाउन्नेवासीको माग](https://npcdn.ratopati.com/media/news/deune_QAl89Tm9Pq.jpg)
नवलपुर । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रूपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् ।
सोमबार राति सडक भासिएसँगै पूर्व—पश्चिम राजमार्गको यातायात आवागमन बन्द भएको थियो । भासिएको सडक मर्मत गरेर यातायात सुचारु गरेपनि त्यसले आगामी दिनमा क्षति गर्नसक्ने भन्दै स्थानीयहरूले क्षति नहुने गरी सडक मर्मत गर्न सरकारसँग आग्रह गरेका छन् ।
पूर्व—पश्चिमको लाइफ लाइनका रूपमा रहेको यो सडक खण्ड बिग्रिए यात्रुहरू अलपत्र हुने दाउन्नेवासी पवन लम्सालले बताए । बिरामीहरूलाई सास्ती नदिन र जतिसक्दो छिटो बाटो मर्मत गरी २४ सै घण्टा सुचारु हुने वातावरण बनाइदिन उनले आग्रह गरे । सरकारले नागरिकलाई सहज हुनेगरी बनाउन र लापरबाही गरेर बस्न नहुने बताए ।
अर्की स्थानीयवासी सम्झना सुवेदीले सरकारले अहिले सामान्य मर्मत गरेर मात्रै यातायात सञ्चालन गरेको भए पनि व्यवस्थित रूपमा सडक बनाइ सञ्चालन गरिदिए स्थानीयवासी खुसी हुने बताए ।
नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रूपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन
-
सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : महामन्त्री थापा
-
अख्तियारले भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्छ : देवकोटा
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित