३७८ कृषि प्राविधिकमध्ये १२९ जनाको पद दर्ता हुने

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्नामा बसेका १२९ कृषि प्राविधिकको पद दर्ता हुने भएको छ । आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने मन्त्रालय स्रोतले जनाएको हो ।
योसँगै कृषि प्राविधिक कर्मचारीको धर्ना तत्कालका लागि स्थगन भएको छ । २०७५ सालमा संघीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन । सो पद दर्ता नहुँदा ती सबै कर्मचारीको वृद्धि विकास हुन नसकेकाले उनीहरू ४३ दिन मन्त्रालयको प्रवेशद्वारामा धर्ना बसेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले मन्त्रीको आग्रहमा एक साताको लागि मात्रै धर्ना स्थगन गरिएको बताए । उनले २४९ कृषि प्राविधिकको पद दर्ता नभए यो क्षेत्रबाट आफूहरू पलायन हुने उल्लेख गरे । ‘सरकारलाई कृषि प्राविधिक खाँचो छैन भने धेरै साथीहरू पलायन हुने सम्भावना छ,’ उनले भने, ‘हामी सबैको पद दर्ता हुनु पर्छ, मन्त्रीज्यूको आग्रहमा मात्रै एक साताका लागि धर्ना स्थगन गरेका छौँ ।’
२०७५ सालमा समायोजन हुँदा पद दर्ता नहुँदा ६ वर्षदेखि पदपूर्ति प्रक्रिया रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत
-
‘शिक्षामन्त्रीको राजीनामाको निहुँमा ओलीमाथि आक्रमण गर्नु नियोजित’
-
प्लास्टिकलाई कसरी पुनः प्रयोगमा ल्याउने ?
-
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै