सांसदहरूले भने– बंगलादेशमा अल्पसंख्यक धर्मावलम्बीहरूमाथि भएको आक्रमणमा सरकार मौन बस्नु हुँदैन

काठमाडौँ । बंलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरूले जोड दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले बंगलादेशका पछिल्ला घटनाक्रमबारे धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन् । उनीहरूले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरे ।
नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरुमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताए । उनले अल्पसंख्यक हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुमाथि भएको क्रूर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गरे ।
सांसद केसीलेले बंगलादेशमा भएको ‘कु’ को मूल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गरे । उनले भ्रष्टाचार सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए ।
नेकपा एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने बताए । उनले छिमेकी बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए । उनले नेपाल सरकारले बंगलादेश सरकारलाई हिन्दुहरूमाथि भएको हिंसाका विषयमा कूटनीतिक माध्यमबाट ध्यानाकर्षण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन