लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सर्लाही । नगद लुटपाटमा संलग्न रहेको अभियोगमा बागमती नगरपालिका-४ जिरायत बस्ने ४० वर्षीय राम बहादुर थिङसमेत ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको ना.३ ख २८७६ नम्बरको बसमा सवार महोत्तरी बर्दिबास नगरपालिका-३ बस्ने ७० वर्षीय पुरुषको साथमा रहेको नगद ४ लाख ७० हजार रुपैयाँ सोही बसमा सवार अज्ञात समूहले महोत्तरी बर्दिबास नगरपालिका-३ कालापानीमा चोरी गरेको थियो ।
त्यसपछि बर्दिबासमा ओर्लिई धरानबाट नारायणघाटतर्फ जाँदै गरेको हाल अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी भागेको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सर्लाही बागमती नगरपालिका-१२ पुतलीचोकस्थित कालिका होटलबाट लुटपाटमा संलग्न उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न