शेख हसिनालाई सत्ताच्यूत गरेको आरोपमा अमेरिकाले दियो यस्तो प्रतिक्रिया

वासिङ्टन डिसी । हालै मात्रै बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू सत्ताच्यूत हुनुमा अमेरिकाको हात रहेको बताएकी थिइन् । अमेरिकाले सेन्ट मार्टिन टापु मागेको तर आफूले देशको सार्वभौमिकताका लागि टापु दिन नमानेपछि अमेरिकाले षडयन्त्र गरेर आफूलाई देशमा बस्नै नसक्ने स्थिति उत्पन्न गराएको हसिनाले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भनेकी थिइन् । यस आरोपमाथि अमेरिकाले पहिलो पटक मुख खोलेको छ ।
बंगलादेशमा शेख हसिनाबाट सत्ता खोसिनुमा आफ्नो भूमिका रहेको आरोपलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले यसलाई अफवाह मात्र भनेको छ । ‘यसमा हाम्रो कुनै संलग्नता छैन । हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन)मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्टहरू झुटा हुन् । यी सबै अफवाह हुन् ।’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनेका छन् ।
‘यो विकल्प बंगलादेशका नागरिकहरूले आफैंले रोजेका हुन् । बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ । मैले भनिसके र भनि पनि रहने छु कि कुनै पनि आरोपमा सत्यता छैन,’ अझ अगाडि पियरेले भनेकी छन् ।
सरकारी जागिरमा आरक्षणको विरोधमा बंगलादेशमा विद्यार्थीहरूले हप्तौँदेखि प्रदर्शन गरिरहेका थिए । आरक्षण हटाउनु पर्ने मागबाट सुरु भएको आन्दोलनले सरकार विरोधी आन्दोलनको रूप लियो । आन्दोलन बढ्दै गएपछि अगस्ट ५ मा राजीनामा दिएर हसिना भारतको शरणमा गइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म