बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

ट्रम्पको अन्तरवार्ता लिएर मस्कले रोक्न सक्लान् ह्यारिसको लोकप्रियता ?

मङ्गलबार, २९ साउन २०८१, १३ : २१
मङ्गलबार, २९ साउन २०८१

वाशिङ्टन डीसी । विश्वका सबैभन्दा धनी व्यक्ति र भविष्यमा सबैभन्दा शक्तिशाली बन्न लागेका व्यक्ति लगभग सबै कुरामा सहमत हुन्छन् । सोमबार राति माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति तथा आगामी राष्ट्रपतिको निर्वाचनको बलियो उम्मेदवारमध्ये एकका रूपमा रहेका डोनाल्ड ट्रम्पसँग अन्तरवार्ता लिए । जो बाइडेनले आफ्नो उम्मेदवारी त्यागेपछि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसको लोकप्रियता चुलिएकै समयमा यो अन्तरवार्ता आयोजना गरिएको हो ।

ट्रम्पको हत्या प्रयास र जो बाइडेनले आफ्नो उम्मेदवारी त्यागेपछि राष्ट्रपतिको चुनावी अभियानमा यो अन्तरवार्तालाई अर्को असाधारण अध्यायको रूपमा हेरिएको छ । मस्कले अनौपचारिक भन्दै अढाई घण्टासम्म ट्रम्पसँग कुराकानी गरेका थिए । 

यस अन्तर्वार्ताले खुला सोच भएका मतदातालाई मद्दत गर्ने मस्कको भनाई थियो । केही अघिसम्म अमेरिकामा भएका चुनावसम्बन्धी जनमत सर्वेक्षणहरूमा बाइडेनभन्दा ट्रम्प निकै अघि थिए । तर पछिल्लो तीन हप्तायता स्थिति फेरिएको छ । अधिकांश जनमत सर्वेक्षणमा ह्यारिसले ट्रम्पलाई उछिनिरहेकी छिन् ।

ह्यारिसको लोकप्रियताले ट्रम्प अलि हच्किएका छन् । ठ्याक्कै यही समयमा यो अन्तरवार्ता भएको छ । ह्यारिसका लागि बाटो खुला गर्न बाइडेनलाई अवैध रूपमा हटाइएको दाबी अन्तरवार्तामा ट्रम्पले गरेका छन् । 

‘यो घोटाला सुरु भएयता उनले एउटै अन्तरवार्ता दिएकी छैनन्, यो त कू हो । यो अमेरिकी राष्ट्रपतिमाथिको कू हो,’ ट्रम्पले रिसाउँदै भनेका थिए । ह्यारिस अतिवादी दक्षिणपन्थी भएको ट्रम्पको कुरामा मस्कले पनि सहमति जनाएका थिए । मस्कले आगामी चुनावमा यस अघि नै ट्रम्पलाई समर्थन गरेका थिए ।

सोमबारको अन्तरवार्ताले उनी दोहोर्‍याएर ह्वाइट हाउस गएको हेर्न चाहन्छन् भन्ने पक्का भएको छ । ‘तपाई समृद्धिसम्म पुग्ने बाटो हो, मलाई लाग्छ कमला यसको ठिक विपरीत हुन्,’ ट्रम्पलाई मस्कले भनेका थिए । मस्कले अहिलेको चुनावी अभियानमा ट्रम्पलाई कम्तीमा पनि १३ लाख डलर दान दिएका छन् । ट्रम्प राष्ट्रपति बने भने आगामी प्रशासनबाट टन्नै फेभर पाउने आशामा सायद मस्क छन् । यो अन्तरवार्ता मस्क र ट्रम्प दुबैका लागि लाभै लाभ छ ।

अन्तरवार्ताका क्रममा ट्रम्पले मस्कलाई आफ्नो सरकारमा पद नै पनि अफर गरेका थिए । आफ्नो सरकारमा मस्क संलग्न भए भने आफूलाई खुसी लाग्ने उनले भनेका  थिए । साढे २ घण्टा भन्दा बढीको अन्तरवार्ताबाट ट्रम्पले कयौँ कुरा पाएका छन् । मस्कले पनि यस क्रममा उनको झुट र भ्रमलाई चुनौती दिएनन् । आफूले नोभेम्बरमा चुनाव हारे भने ६ करोड कागजात विहीन आप्रवासीहरूले अमेरिकामा धावा बोल्छन् भनेर उनले भनेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप